काठमाडौं। संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ६ का ४६ वर्षीय उमेश रोका हाल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। हाल उनी काठमाडौंको जडिबुटीमा बसोबास गर्दै आएका छन् भने विगत १५ दिनदेखि वीर अस्पतालमा उपचाररत रहेका छन्। उनी लिभर तथा पेटसम्बन्धी जटिल रोगबाट पीडित रहेको बताइएको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था निकै संवेदनशील र जटिल रहेको…