काठमाडौंमा नाम मात्रकै सरकारी विद्यालय पनि अस्तित्वमा छन् । नरदेवीनजिकै इटुम्बहालमा विहारको छिँडीमा चलिरहेको केश–चन्द्र आधारभूत विद्यालय तीमध्येकै एक हो । जहाँ एक विद्यार्थी र दुई शिक्षक छन् । विद्यालयको सम्पत्तिको नाममा कागजात मात्रै छ । इटुम्बहालमा सजिलै विद्यालय समेत भेट्न सकिँदैन । बाहिरबाट मात्रै होइन, बिहारभित्र छिर्दासमेत विद्यालयको कुनै संकेत देखिँदैन । विद्यार्थीको चहलपहल पनि हुँदैन । बिहारको भुइँतलाको एउटा कुनामा छिरेपछि मात्रै…