प्रमुख प्रतिपक्षी दल कांग्रेसमा देखिएको किचलो मत्थर हुने भएको छ । पौडेल–सिटौला समूहको दबाब थेग्न नसकेपछि गत ११ पुसमा गरिएको बहुमतको निर्णयबाट सभापति शेरबहादुर देउवा पछाडि हटेका छन् । २६ मंसिरमा केन्द्रीय समिति बैठक सुरु भएदेखि नै पौडेल–सिटौला पक्षको बहिष्कारका बीच संस्थापनले बहुमतबाट १४औँ महाधिवेशनको कार्यतालिका, विभाग गठन, क्रियाशील सदस्यका विषयमा विधानको धारा निलम्बनजस्ता महत्वपूर्ण निर्णय गरेको…