काठमाडौं । रोल्पा कारागारबाट शंकास्पद रूपमा छुटेका सुर्खेतका विजयविक्रम शाह लागूऔषध मुद्दामा भारतको उत्तर प्रदेशको कारागारमा रहेको पाइएको छ । उनका नाममा रहेको एक बैंक खातामा केही महिनाअघि मात्रै ११ लाख रुपैयाँ जम्मा भएको पनि खुलेको छ । कारागार प्रकरणबारे थप प्रमाण जुटाउन नेपाल प्रहरीको अनुसन्धान टोली शाहलाई भेट्न भारत जाने तयारीमा रहेको स्रोतले जनाएको छ । शाहका…