काठमाडौं। नेपालको स्न्याक्स बजारलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित चौधरी ग्रुपले भारतको अग्रणी स्न्याक्स ब्रान्ड बिकाजी फुड्ससँग रणनीतिक साझेदारी गरेको छ। चौधरी ग्रुप र बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड बीच भएको ५०–५० प्रतिशत साझेदारीमा आधारित यो सम्झौतामार्फत भुजिया, नमकीन, पापड र प्याकेज्ड मिठाईजस्ता प्रिमियम गुणस्तरका बिकाजीका परिकारहरू नेपालमै उत्पादन हुनेछन्। नेपालमै अत्याधुनिक उत्पादन फ्याक्ट्री स्थापना गर्न दुवै…