काठमाडौँ ।आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका अनिवार्य छ। तर, नेपालमा उद्यमी तथा व्यवसायीप्रतिको सामाजिक दृष्टिकोण विरोधाभासपूर्ण बन्दै गएको देखिन्छ। एकातिर मुलुकका रोजगारी सिर्जना, उत्पादन वृद्धि, विदेशी लगानी आकर्षण, करको दायरा विस्तार र पूर्वाधार विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन अतिआवश्यक छ। अर्कोतिर, उद्यमी, सफल व्यवसायीप्रति शंका गर्ने र ठूलो सम्पत्तिलाई नै गलत कामको प्रमाणका…