काठमाडाैं । नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक, रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत रिलायन्स फाइनान्स लुम्बिनी लायन्सको आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागी हुनेछ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जङ्ग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो।…