काठमाडौं । सरकारलाई करिब ४ अर्ब कर उठाउन सकस परेको छ । इन्टरनेट सेवा प्रदायकहरुले मर्मतसम्भार कर तिर्नुनपर्ने भनी नेपाल दूरसञ्चार प्राधिकरणबिरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको चारमहीना बितेपनि सरकारले सो बराबरको कर बक्यौता उठाउन सकेको छैन । अदालतबाट मुद्दा हारेको लामोसमय बितिसक्दा पनि इन्टरनेट सेवाप्रदायकहरूले बक्यौता तिर्न अझै थालेका छैनन भने सरकारले…