Logo

अर्थ

एमजी मोटरले भारतमा सार्वजनिक गर्‍यो नयाँ विद्युतीय स्मार्ट सीयूभी एमजी विन्डसर



काठमाडौं । एमजी मोटरले भातरमा नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले एमजी विन्डसर ईभी सार्वजनिक गरेको हो ।

एमजीले भारतको पहिलो स्मार्ट सीयूभी (क्रसओभर युटिलिटी भेहिकल) सार्वजनिक गरेर अटोमोटिभ उद्योगमा ठूलो प्रभाव पार्ने देखिएको छ । यो गाडीले सेडानको आराम र एसयूभीको व्यापकता मिलाएर नयाँ मानकहरू सेट गर्ने वाचा गरेको छ ।

एमजी विन्डसर एरोग्लाइड डिजाइनमा डिजाइन गरिएको छ, जसले अत्याधुनिक एरोडाइनामिक्स र उत्कृष्ट डिजाइन टोनलाई समेटेको छ । यसले आफ्नो वर्गमा सबैभन्दा ठूलो ह्वीलबेस रहेको कम्पनीले दाबी गरेको छ। यो कारमा १८ इन्चको डाइमन्ड कट अलोय ह्वील छ, जसले यसको आकर्षक लुक र यात्रा गुणस्तरलाई बढाउँछ ।

यो गाडीले सहज ड्राइभिङ अनुभवको लागि उच्च ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ । यो कार भारतका चुनौतीपूर्ण स्थानहरू जस्तै रन्न अफ कच्छ, लेह, र उदयपुरमा कठोर परीक्षणहरू सफलतापूर्वक पूरा गरेको छ ।

एमजी विन्डसरको प्रमुख विशेषतामा यसको सेगमेन्ट-प्रथम १५.६ इन्चको ग्रान्ड भ्यू टच डिस्प्ले छ, जसले मनोरञ्जन, नेभिगेसन, र गाडीका सेटिङहरूको केन्द्रको रूपमा काम गर्दछ । यो विशाल टचस्क्रीनले गाडीको इनकार अनुभवलाई पुनः परिभाषित गर्दै गाडीलाई स्थिर हुँदा मनोरञ्जन, खेल, र सिकाइको केन्द्रमा परिणत गर्दछ ।

एमजी विन्डसरमा इन्फिनिटी भ्यू ग्लास रूफ पनि छ, जसले प्यानोरामिक दृश्य प्रदान गर्छ । यसले क्याबिनको सौन्दर्यतालाई बढाउँछ र प्रशस्त हावा लागेको अनुभव सिर्जना गर्छ । यो लक्जरी विशेषताले यात्रुहरूलाई व्यस्त सहरी क्षेत्रमा वा शान्त ग्रामीण क्षेत्रमा आफ्ना वरिपरिका दृश्यसँग अविच्छिन्न सम्पर्क राख्न मद्दत गर्छ ।

यात्रुहरूको आरामलाई थप उचाइमा पुर्‍याउन एमजी विन्डसरले १३५ डिग्री रेक्लाइन एंगलसहितको एरोलाउन्ज सिट्स ल्याउँछ, जसले कुनै पनि यात्रामा उत्तम विश्रामको लागि डिजाइन गरिएको छ । यो विशेषता लक्जरीलाई व्यावहारिकतासँग जोड्दै यात्रा अनुभवलाई सुधार्ने छ ।

नेपालमा एमजी मोटरको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले नेपालमा एमजी विन्डसर आउने सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १०:४९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।