काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। गभर्नर अधिकारीविरुद्ध परेको रिटमाथि न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। साथै आन्तरिम आदेश दिने नदिने बारेमा छलफल गर्नका लागि दुवै पक्षलाई झिकाउने पनि आदेश भएको छ। अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज…