Logo

अर्थ

सफल उद्यमी उत्पादन गर्दै ‘नबिल एसएसई’



काठमाडौं- नसना बज्राचार्य रिकृति नामक जिन्सलाई रिसाइकल गरेर ब्याग बनाउने व्यवसायमा आबद्ध छिन्। काठमाडौंको पुतलीसडकबाट उनले सेवा प्रवाह गरिरहेकी हुन्।

५० हजारबाट दुई जनाले व्यवसाय त सुरु गरे। तर, यसको विस्तार कसरी गर्ने सोचमा थिइन् उनी। यहीबीचमा उनले नबिल बैंकको ‘नबिल एसएसई’ कार्यक्रमका बारेमा सुनिन्।

नबिल बैंकको फेसबुक पेजमा गएर ‘नबिल एसएसई’का बारेमा जानकारी लिइन्। नबिलले तेस्रो फेजको कार्यक्रमका लागि आह्वान गरेको थियो। नसनाले सहभागिताका लागि प्रक्रिया पुरा गरिन्। उनी ‘नबिल एसएसई’ कार्यक्रमका लागि छनोट पनि भइन्।

हाल ‘नबिल एसएसई’मा सहभागी भएर उनले तीन दिने तालिम लिइसकेकी छन्। तालिमबाट उनले थुप्रै व्यावसायिक आइडिया प्राप्त गरेको बताइन्।

‘यतिबेला हामी इन्टरनल टिममा तीन जना छौं। बाहिर चार जना छौं। हामी सात जनाको टिममा रहेर काम गरिरहेका छौं। म र मेरो को-फाउन्डर इमान्सु श्रेष्ठले यो व्यवसाय गरिरहेका हौं,’ उनले भनिनन्।

नबिल बैंकको उक्त कार्यक्रमले आफूहरूको आइडियामा निखारता ल्याउने, कसरी लगानी गर्ने र त्यसको बजारीकरण कसरी गर्नेलगायत थुप्रै आइडिया प्रदान गरिरहेको उनले बताइन्। उनले बैंकको उक्त कार्यक्रमसँग जोडिन पाउँदा निकै खुसी लागेको सुनाइन्।  ‘म बैंकको तीनदिने ट्रेनिङमा सहभागी भएकी थिए। त्यो निकै प्रभावकारी रह्यो। आजसम्म लिएका सबै तालिम भन्दा यो निकै सिपमूलक र प्रभावकारी रह्यो,’ उनले भनिन्।

उनले पुराना जिन्सबाट ब्याग बनाउँदै आएको बताइन्। आफ्ना पुरा कपडा दिएर आफूले चाहे जस्तो ब्याग बनाउन सकिने उनले सुनाइन्। महिलाहरूलाई काम दिएर महिला उद्यमशीलता बढाउन खोजेको उनको भनाइ छ।

नबिल एसएसईमा सहभागी भएर व्यावसायीक आइडिया लिँदै उनीहरूले उद्यमलाई अगाडि बढाए। यतिबेला उनीहरूको व्यवसाय सफल भएको छ। व्यवसायले दिने मनग्य आमदानीबाट उनीहरू दंग छन्।

उनीभन्दा अगाडि ‘नबिल एसएसई’मा जोडिएका थुप्रै व्यवसायीहरूले लोभलाग्दो सफलता हासिल गरिरहेका छन्। ‘अफ्रिकन बोयर’ जातको बाख्रा पालन सुरु गरेर सफलता हासिल गरेका इलामका यामबहादुर कार्की, ह्यान्डिक्राफ्ट व्यवसाय सञ्चालन गर्दै आएकी पाँचथरकी कृष्णकुमारी पौडेल, ललितपुर–३१ हरिसिद्धिकी माइक्रोबायोलोजिस्ट दिव्या महर्जन यतिबेला सफल उद्यमी बनिसकेका छन्।

नबिल एसएसईमा सहभागी भएर व्यावसायिक आइडिया लिँदै उनीहरूले उद्यमलाई अगाडि बढाए। यतिबेला उनीहरूको व्यवसाय सफल भएको छ। व्यवसायले दिने मनग्य आमदानीबाट उनीहरू दङ्ग छन्। उनीहरूमात्र होइन नबिल एसएसई कार्यक्रमसँग जोडिएका सबै व्यवसायी आफूलाई भाग्यशाली ठान्छन्। बैंकले प्रदान गर्ने सफल व्यवसायीक आइडियाले आफूहरू सफल भएको उनीहरूको अनुभव छ।

त्यस्तै , गोरखाका केदार गान्धरी नबिल एसएसईका फेलो हुन्। नबिलसँग जोडिसकेपछि उनले व्यावसायिक आइडिया दिँदै सञ्चालन गरेको लिगलिगकोट हेरिटेज फार्मलाई अगाडि बढाए। यतिबेला गान्धरीको जीवन नै फेरिएको छ।

तालिमले उद्यममा आत्मविश्वास बढाउनुका साथै थुप्रै विषयको ज्ञान प्रदान गरेको उनको भनाइ छ। नेटवर्किङ, इन्भेस्टमेन्ट, ट्याक्सदेखि बिजनेस मोडल समेत प्रदान गरेको उनको अनुभव छ।

के गर्छ ‘नबिल एसएसई’ कार्यक्रमले ?

नबिल बैंक नेपालकै अग्रणी बैंक हो। तेस्रो कार्यक्रम चल्दै गर्दा बैंकले थुप्रै सेवा प्रदायक काम गरेको छ। मुलुकमा उद्यमशीलताको विकासका लागि ठूलो टेवा पुर्‍याएको छ। दुई वर्ष यता नबिलले नयाँ अवधारणासहित उद्यमशीलताको विकासका लागि ‘नबिल एसएसई’ कार्यक्रम ल्याएको बैंकले जनाएको छ।

उक्त कार्यक्रमको उद्देश्य नै उद्यमशीलताको विकासका लागि टेवा पुर्‍याउनु थियो। व्यावसायिक आइडिया नभएकाहरूलाई उद्यमशीलताको ज्ञान प्रदान गर्नु, व्यवसाय सुरु गरेकाहरू, सुरु गर्न चाहनेहरू र कम्पनी दर्ता गरेर अब कसरी व्यवसाय अगाडि बढाउने भन्ने सोच भएकाहरूलाई बैंले उक्त कार्यक्रममार्फत आइडिया प्रदान गर्दै आएको छ। बैंकले ‘नबिल एसएसई’ सेवा प्रदान गरेको पनि दुई वर्ष पुरा भएर तेस्रो वर्षमा प्रवेश गरेको छ। यो अवधिमा सात प्रदेशबाट ३ सय ३६ जनाले भाग लिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए।

‘३ सय ३६ जनाले सात प्रदेशबाट भाग लिएर ५३ वटा व्यवसाय सञ्चालनमा आएका छन्। ती व्यवसायमा ७ सय ७२ जनाले रोजगारी प्राप्त गरेका छन्। यो हाम्रो ठूलो सफलता हो,’ उनले भने।

कोरोना महामारीले देश आक्रान्त बन्दा मानिसहरू के गर्ने? के नगर्ने? भन्ने दुबिधाका साथ घरमै थिए। उद्यमशीलता गरिरहेका व्यक्तिहरू पनि घरमै थुनिन बाध्य बनेका थिए। यही समयमा नबिलले ‘नबिल एसएसई’ ल्याएर व्यावसायिक ज्ञान प्रदान गर्न सुरु गरेको हो।

‘नबिल एसएसई’ सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम हो। बैंकले यस कार्यक्रममार्फत उद्यम गर्न चाहनेहरूलाई तालिमका साथै मेन्टरसिप पनि प्रदान गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमलाई स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप इन्डियाको प्राविधिक सहयोग रहेको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका कार्यवाहक निर्देशक डा. गोविन्द तामाङले बताए।

उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याहरूको दीर्घकालीन समाधान गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको हो। उद्यम गर्न चाहने वा गरिरहेका १८ देखि माथिका व्यक्ति यसमा सहभागी हुन पाउँछन्।

‘आर्थिक उद्यमशीलतामा हाम्रो यो कार्यक्रमले ठूलो सहयोग गरेको छ। व्यवसाय सञ्चालनका लागि प्राविधिक ज्ञान चाहिन्छ। त्यसका लागि हामीले ज्ञान प्रदान गरिरहेका छौं। र, हाम्रो कार्यक्रममा सहभागी भएकाहरूले व्यावसायिक सफलता पनि प्राप्त गर्नु भएको छ,’ ज्ञवाली भन्छन्।

बैंकले तालिम अवधिभर (६ महिना) र त्यसपछिको ६ महिना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्थासहित व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गर्दै आएको छ। कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याएर दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ। यसमा सहभागी हुन कुनै शुल्क तिर्नु पर्दैन। आफ्नो उद्यम सुरु गरिसकेका वा आइडिया भएका जोसुकैले यसमा आवेदन दिन सक्छन्। आवेदकबाट सुरुमा सर्टलिस्ट गरी अन्तर्वार्ता लिएर सहभागी छानिन्छन्। अहिले तेस्रो ब्याच छनोट भएर तालिमको चरणमा छन्।

त्रिवि व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टले विगत दुई वर्षदेखि नबिल बैंकसँग मिलेर ‘नबिल स्कूल अफ सोशल इन्टरप्रेन्योरशिप’ कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। नबिल बैंकसँगको यो तालिमले उद्यमिमा आत्मविश्वास बढेको उनको भनाइ छ।

फेलोसिप ६ महिनाको भए पनि तालिममा सहभागीलाई मेन्टरहरूले एक वर्षसम्म गाइड गरिरहन्छन्। यसले गर्दा उक्त अवधिमा विषयविज्ञसँग व्यवसायको अवस्था, आइपर्ने समस्या र त्यसको समाधानका बारेमा छलफल गर्ने प्रशस्त मौका प्राप्त हुन्छ। तालिममा सहभागीले गरेको उत्पादनलाई नबिल बैंकले विभिन्न आयोजना र आफ्नो पहुँच भएका विभिन्न प्रदर्शनीहरूमा समेत समावेश गरेर बजार विकास र विस्तारको अवसर प्रदान गर्दै आएको छ।

फेलोसिपका लागि खुला आह्वान गरेर देशभरबाट आवेदन संकलन गरिन्छ। तीमध्येबाट छानिएका उत्कृष्ट २० जनालाई एक वर्षे उद्यमशीलता तालिम कार्यक्रम सञ्चालन बैंकले गरिरहेको छ।

सफल उद्यमी उत्पादन गरी मुलुकको अर्थतन्त्रमा टेवा पुगाउने बैंकको उद्देश्य बताइएको छ।

उद्यमीलाई आफ्नो कार्यदक्षता कसरी सुधार गर्ने, मूल्य, बजारीकरणलगायत सैद्धान्तिक कुरालाई व्यवहारिक जीवनमा कसरी उतार्ने भनेर नबिल एसएसईले सिकाउँदै आएको ज्ञवाली बताउँछन्।

त्रिवि व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टले विगत दुई वर्षदेखि नबिल बैंकसँग मिलेर ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरशिप’ कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। नबिल बैंकसँगको यो तालिमले उद्यमीमा आत्मविश्वास बढेको उनको भनाइ छ।

कार्यक्रमले उद्यमीलाई आत्मविश्वासी बन्न सिकाएको, स्टार्टअप र बिजनेस सुरु गरिसकेका व्यक्ति जसलाई सल्लाह प्रदान गरिरहेको उनले बताए। यस्तो खालको कार्यक्रम गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ। यसलाई आगामी दिनमा अझै सुधार र विस्तार गरेर संस्थागत गर्दै लैजाने उनको सुझाव छ।

विशेष गरेर फेलो प्रोग्राम भन्ने चाहिँ यहाँ चल्छ वर्षको २ वटा ग्रुप हुन्छ एउटा सेसनमा २० जनाले भाग लिन पाउँछन् यसको लागि देशभरबाट छानिएका उद्यमीमध्ये २० जना छनोट हुन पाउँछन् स्टार्टअप र बिजनेस सुरु गरिसकेका मानिस जसलाई सल्लाहको खाँचो छ ती व्यक्तिहरू सहभागी गराइन्छ।

शनिबारमात्र सिएनवाइएफ स्टाटस फेस सम्पन्न भएको बैंकले जनाएको छ। त्यसमा बेस्ट स्टाट्अप आइडिया दिने व्यक्तिलाई अवार्ड प्रदान गरिएको छ। त्यो अवार्ड विजेतालाई नबिल एसएसईको चौथो ब्याचका लागि गोल्डेन टिकट दिएर छनोट गरिएको बैंकले जनाएको छ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १५:५५   :  बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।