काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन् । गत आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव सीईओमा नियुक्त गरेको हो । उनीसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ । वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी…