Logo

अर्थ

आइएमई लाइफद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु. १० लाख सहयोग



काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कम्पनीले गत कात्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुगोस् भन्ने उद्देश्यले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो ।

भूकम्पपीडित परिवारप्रति समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरी सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ०८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।