Logo

सर्लाहीको नवलपुरमा नयाँ सबस्टेसन सुचारु, विद्युत् चुहावट घट्ने

नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सबस्टेसन शनिबारबाट सञ्चालनमा आएको हो । सबस्टेसन स्थापनापछि सर्लाहीमा विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुनुको साथै आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई सहज हुने विश्वास लिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सन्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय…