Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा



सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर ल्याएको छ । बैंकले पाँच संस्थापक सदस्यहरूको नाममा रहेको ७४ हजार ६ सय ९५ कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा ल्याएको सो सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सूचना जारी गरेको थियो । तर, यसो गर्दा उक्त सेयरमा कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकको उक्त सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार  ११ : ४८ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।