काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु गरेको छ। भदौ २ गते मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा यस बीमा योजनाको औपचारिक शुभारम्भ गरिएको हो। व्यक्तिगत तथा परिवारका सबै सदस्यलाई समेट्न सकिने यस योजनाअन्तर्गत २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेपालमा स्वास्थ्य बीमामा अहिलेसम्म सीमित…