सर्वप्रथम केन्द्रीय कार्यसमितिको यस बैठकमा म सम्पूर्ण साथीहरुमा हार्दिक स्वागत अभिवादन गर्दछु । खासगरी काठमाण्डौ बाहिरबाट पाल्नु हुने साथीहरुमा विशेष धन्यवाद समेत अर्पण गर्दछु । यस बैठकमा मुख्य रुपले देशको वर्तमान अवस्थाको समीक्षा तथा पार्टीको भावि कार्ययोजनाका बारेमा हामी छलफल गर्नेछौँ । (१) २०७५ साल जेष्ठ महिनामा वीरगञ्जमा सम्पन्न राप्रपा केन्द्रीय परिषदको बैठकले मुलुकको एक दशक…