२०१७ सालमा राजा महेन्द्रले बीपी कोइरालाको जननिर्वाचित सरकारलाई हटाएर सबै नेतालाई जेल हाले। राजा महेन्द्रको त्यो कदमपछि संसदीय प्रणाली अन्त्य भयो। नेपाली कांग्रेसका संस्थापक नेता मेरो पिताजी महेन्द्रनारायण निधि त्यतिबेला संसदको उपसभामुख हुनुहुन्थ्यो । अरू नेतालाई जेल हाल्यो,उहाँलाई जेल हालेन। त्यसपछि हामी जनकपुर गयौं। जनकपुरकै तुलसी गिरीमार्फत मेरो पिताजीलाई आफ्नो समर्थनमा ल्याउन सकिन्छ भन्ने राजा…