काठमाडौँ । २०७४ सालको संसदीय निर्वाचनमा बाम गठबन्धन मिलेर चुनावमा होमिएका थिए । गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अब नेपालमा कम्युनिष्टहरूले ५० वर्ष शासन गर्ने उद्घोष गरे । उनले यतिमात्रै हैन, शेरबहादुर देउवाको नाम नेपाली कांग्रेसबाट अन्तिम प्रधानमन्त्रीको रूपमा इतिहासमा लेखिने दाबी समेत गरे । लगत्तै कैलालीको धनगढी पुगेका…