बारा, बर्दिया र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बारा, कलैया उपमहानगरपालिका-३ ट्राफिक पोष्ट अगाडि सडकमा ना.१ ज ८८३९ नम्बरको म्याजिक भ्यानले ना.४ प ५१२४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक प्रसौनि गाउँपालिका-५ प्रसतोका बस्ने ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका…