Logo

राजनीति

पेटको समस्या बढेपछि पूर्वप्रधानमन्त्री डा.भट्टराई उपचारको लागि भारत जाँदै



जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारतको नयाँ दिल्ली जान लागेका छन् ।

भट्टराईको पेटमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा लामो समयदेखि परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले डाक्टरहरुले न्युरो(इन्डोक्राइनको ट्युमर( Neuroendocrine Tumour ) भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् ।

उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ। 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार ०७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।