नवलपरासी । नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का ८ सयभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढीको सतह निरन्तर बढ्दै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा उनीहरूलाई नारायणीवारि ल्याइएको हो। उनीहरूलाई सुस्ता बालिनगरस्थित बीपी माध्यमिक विद्यालयमा राखिएको छ। सुस्ता–५ मा २१९ घरधुरीमा करिब १ हजार ४ सय…