Logo

बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने

बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने भएको छ ।हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन एकादशी मेला लाग्दै आएको थियो । तर कोरोनाभाइरसको संक्रमणको जोखिमका कारण यस बर्ष एकादशी मेला नलाग्ने भएको जनाइएको छ । यसपटक ठूलो एकादशी आगमी विहीबार ११ गते परेको छ । आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्द गरिएको छ…