Logo

विविध

बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने



बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने भएको छ ।हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन एकादशी मेला लाग्दै आएको थियो ।

तर कोरोनाभाइरसको संक्रमणको जोखिमका कारण यस बर्ष एकादशी मेला नलाग्ने भएको जनाइएको छ । यसपटक ठूलो एकादशी आगमी विहीबार ११ गते परेको छ ।

आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्द गरिएको छ । आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ ।

बूढानीलकण्ठमा प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ०९:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।