काठमाडौं । काठमाडौंका नदीहरुमा पानीभन्दा ढल र फोहोर बढी बगिरहेको देखिन्छ । धार्मिक हिसाबले महत्व बोकेको बागमती र विष्णुमतिलगायतका नदीहरुमा जथाभावी ढल मिसाउने र फोहोरमैला फल्नाले अत्याधिक फोहोर र दुर्गन्धित भएको छ । यी नदीहरुमा बाह्रै महिना कालो र फोहोरको लेदो बगिरहेको देखिन्छ । जनसंख्या वृद्धि, बढ्दो औद्योगीकरण, शहरी बस्तीको विकासले पानी तथा जलस्तरहरूमा पूर्ण…