काठमाडौं- संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक सवा ११ बजेदेखि सुरू हुनेछ। प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत प्रश्नोत्तर , अन्तर्राष्ट्रिय सौर्य संगठन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावमाथिको छलफलका…