काठमाडौँ । नेपाली कांग्रेसभित्र वर्तमान सत्ता गठबन्धनलाई हेर्ने विषयमा तीव्र मतभेद देखिएको छ। सोमबारदेखि ललितपुरको गोदावरीमा हुने महासमिति बैठकमा पेस गर्न तयार गरिएका तीनवटा प्रतिवेदनमा सत्ता गठबन्धनका विषयमा अलगअलग धारणा आएका हुन्। पार्टी उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का गठबन्धनको पक्षमा देखिएका छन्। कुनै पनि राजनीतिक दलप्रति निकटता र विरोधभन्दा लोकतान्त्रिक शासन व्यवस्थाको मर्म…