विराटनगर । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको कोशी प्रदेशका १४ जिल्ला सभापतिले प्रदेश नामकरणलाई महासमितिको एजेण्डा बनाउन माग गरेका छन् । उनीहरूले कोशी नामकरण सम्बन्धमा पुनर्विचार गर्न आग्रहसहितको प्रेस विज्ञप्ति र प्रदेश सरकारले वार्ता टोली गठन गरी सम्बन्धित पक्षलाई वार्ताको आव्हान गरिसकेको अवस्थामा महासमिति बैठकमा मुख्य एजेण्डाको रुपमा विषय प्रवेश गराउन अनुरोधसहित संयुक्त विज्ञप्तिमार्फत् नेतृत्वको…