Logo

प्रमुख समाचार

कांग्रेसको १५औं महाधिवेशन ०८२ मंसिरभित्रै गर्न महामन्त्री थापाको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन् ।

फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकको लागि तयार पारेको सांगठनिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेस गर्दै ०८२ मंसिर मसान्तभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

२०८१ साउन मसान्तभित्र पार्टी विधान संशोधन गर्ने विषयमा सुझाव सङ्कलन गर्ने, ०८१ असोजमा विधान महाधिवेशन गर्ने र ०८१ कात्तिकभित्र पारित विधान र अद्यावधिक क्रियाशील सदस्यको नाम केन्द्रीय निर्वाचन समितिलाई बुझाउने प्रस्तावसमेत थापाले राखेका छन् ।

यस्तै ०८१ मंसिर १५ भित्र वडा अधिवेशन र मंसिर मसान्तभित्र गाउँ/नगर अधिवेशन गर्ने प्रस्ताव छ ।

०८२ भदौ मसान्तभित्र प्रदेशसभा, प्रतिनिधिसभा, केन्द्रीय महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य चयन गरिसक्ने कार्यतालिका प्रस्ताव भएको हो ।

जिल्ला अधिवेशन र विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन ०८२ असोज मसान्तभित्र गर्ने कार्यतालिका छ । ०८२ कात्तिक मसान्तभित्र सातै प्रदेश अधिवेशन र मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १५:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।