काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा बिहीबार चुनाव हुन लागेको हो। एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ। राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन्। निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताहरूले…