Logo

प्रमुख समाचार

चुनाव जित्न नसक्नेहरूलाई समानुपातिक समावेशी सिद्धान्तबाट ल्याउनुपर्छ : देउवा



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार कुनै पार्टीको एकल बहुमत आउने अवस्था नभएपछि गठबन्धन गर्नुपरेको बताएका छन् । काँग्रेस स्याङ्जा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धन गरेपछि आफूहरू मिलेर बसेको बताए ।

उनले भने, ‘अहिले धेरै साथीहरू किन अरु पार्टीसँग मिल्ने भन्छन् अहिलेको संविधान अनुसार कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । समानुपातिक र समावेशी व्यवस्था छ । सबैलाई राजनीतिमा ल्याउनुपर्छ । चुनाव जित्न नसक्नेहरूलाई समानुपातिक समावेशी सिद्धान्तबाट ल्याउनुपर्छ ।’

एउटै पार्टीको बहुमत आउन गाह्रो भएपछि कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता बनेको बताए । उनले थपे, ‘गठबन्धन हाम्रो बाध्यता हो । अहिले गठबन्धनको सरकार बनेको छ । हामीलाई त्यस्तो कुनै समस्या छैन । मिलेर बसेका छौँ भोलिका दिनमा मिलेर अगाडि बढ्ने ठाउँ छ ।’

प्रकाशित मिति : १० माघ २०८०, बुधबार २०:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।