घटस्थापनादेखि विधिवत् सुरु भएको बडादसैँ देशैभर मनाउनेक्रम जारी छ। दसैँको विशेष दिन आफूभन्दा ठूलाको हातबाट टीका, जमरा र आशिर्वाद थाप्ने परम्परागत चलन रही आएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा टीकाको साइत छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा देशका उच्चपदस्थ व्यक्तित्वहरु उपप्रधानमन्त्री, प्रदेश प्रमुख, न्यायाधीश,…