Logo

राजनीति

पूर्वप्रधानमन्त्री खनालकाे दशैँ काठमाडाैंमै, नेता–कार्यकर्ताहरूलाई पनि टीका लगाइदिने



काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यसपटक काठमाडौँमा नै दसैँ मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।‍

खनालका सचिवालयका अनुसार बिहान परिवारसँग दसैँ मनाएपछि दिउँसो २ बजेपछि पार्टीका नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । खनालले दसैँ मनाउन, कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्न गृह जिल्ला इलामका सबै कार्यक्रम रद्द गरिसकेका छन् ।

पार्टीका अध्यक्ष माधव कुमार नेपालले भाइको निधनको शोकमा यसपटक टीका नलगाउने भएका छन् । उनी कार्यकर्ता तथा मतदाताहरूसँग भेट्न आफ्नो गृह जिल्ला रौतहट पुगेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार १७:१२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।