काठमाडौं । विनियोजन विधेयकमाथिको छलफलका लागि शहरी विकास मन्त्रालय अन्तर्गतको पुस्तकमा प्रदेशको नाम गायब पारिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएको छ । शहरी विकास मन्त्रालयको पुस्तकमा कोशी र लुम्बिनी प्रदेशको नाम नराखिएको भन्दै एमाले सांसदहरुले आपत्ति जनाए । पुस्तकको ५०औं ठाउँमा प्रदेशको नाम नराखी प्रदेश १ र प्रदेश ५ भनेर उल्लेख गरिएको भन्दै सुरुमा…