काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाको गठन नेपाली राजनीतिक इतिहासमा एउटा नयाँ प्रयोग र प्रयास रहेको बताएका छन् । सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल एउटा असामान्य राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । विभिन्न किसिमका संकट नेपालको टाउकोमाथि घुमिरहेको छ । देश र जनतामाथि अत्याचार मच्चिरहेको छ । यो सामान्य अवस्था होइन ।’
महासचिव विप्लवले यी सबै परिस्थितिको अत्यका लागि आफूहरु लामो छलफलपछि मोर्चा गठनसम्मको बाटोमा पुगेको बताए । ‘यो परिस्थितिमा हामीबीच लामो छलफल भयो । जनताको चाहना पनि यही हो । त्यसैअनुरुप आजको परिस्थिबाट देशलाई मुक्त गर्नुपर्छ । कुनै पनि हालतमा देशमाथि आँखा लागाउने साम्राज्यवादी दृष्टिलाई स्वीकार्न सकिँदेन भनेर नयाँ संघर्ष र लडाइँ गर्नुपर्छ भनेर अगाडि बढेका हौं ।’




















प्रतिक्रिया