काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई रामचन्द्र पौडेल जत्तिकै योग्य व्यक्ति भएको बताएका छन् । बुधबार तनहुँको डुम्रेमा भएको चुनावीसभामा सभापति देउवाले यसअघि निर्वाचित पौडेललाई आफूले राष्ट्रपति बनाएको र अब भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताए । ‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम…