काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बिहीबार)सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले बुधबार बसेको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका हुन् । बैठकपछि नेता गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको जानकारी दिँदै त्यसपछि सरकारले नतिजा निकाल्ने…