Logo

प्रमुख समाचार

रवि लामिछाने विरुद्धको उजुरीमा दाबी पुगेन, उम्मेदवारी कायमै



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन–२ मा उपनिर्वाचन लड्न उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध परेको उजुरी खारेज भएको छ । रास्वपा सभापतिसमेत रहेका लामिछाने उम्मेदवार बन्न अयोग्य रहेको भन्दै चारवटा उजुरी परेको थियो ।

उनीविरुद्ध राष्ट्रिय जनमोर्चाका उम्मेदवारका प्रतिनिधि डम्बर पुरीसहित तीन जनाले मंगलबार दाबी विरोधको उजुरी दिएका थिए । तर निर्वाचन आयोगले उनीविरूद्ध दर्ता भएको उजुरीमा दाबी नपुग्ने ठहर गर्दै उनको उम्मेदवारी कायम रहने निर्णय गरेको हो ।

कागजपत्र र अन्य प्रावधान हेर्दा उम्मेदवारी बदर गर्नु पर्ने अर्थात् उम्मेदवार हुन अयोग्य हुने आधार÷अवस्था नभेटिएको आयोगको भनाइ छ ।

विदेशी नागरिकता त्यागेको ९० दिनपछि मात्रै चुनावमा उठ्न पाउने संवैधानिक आधार छ भन्दै लामिछानेविरूद्ध उजुरी दर्ता भएको थियो । लामिछानेका विरूद्ध काठमाडौंका युवराज पौडेलले पनि ईमेलमार्फत उजुरी दिएका छन् ।

त्यस्तो उजुरी सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण लिएर निर्णयका लागि कागजपत्र निर्वाचन आयोग पठाइएको छ । बुधबार नै कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको छ । सात दिनभित्र स्पष्टीकरण बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १७:२१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।