काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बिहीबार)सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले बुधबार बसेको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका हुन् ।
बैठकपछि नेता गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको जानकारी दिँदै त्यसपछि सरकारले नतिजा निकाल्ने गरी काम गर्ने बताए । कांग्रेसभित्र भागबन्डाको विषयमा विवाद हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको अवस्था छ ।
यस्तै प्रचण्डले बिहीबार नै साझा न्युनतम कार्यक्रम पनि सार्वजनिक हुने बैठकमा बताएका छन् । न्यूनतम साझा कार्यक्रममा केही विषय मिलाउन बाँकी रहेको र त्यसलाइ मिलाएर बिहीबार नै अन्तिम रुप दिइने प्रचण्डको भनाइ थियो ।




















प्रतिक्रिया