काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल सर्वसम्मत चयन भएका छन् । सोमबार बसेको पार्टी बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए। त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् । यसैगरी दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन भएका भुसालले जानकारी दिए ।…