काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले देउवासँग प्रस्ताव गरेका हुन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव राखेका हुन् । प्रचण्डले प्रधानमन्त्रीमा यसरी सहयोग गर्न देउवासमक्ष औपचारिक रुपमा भनेको यो पहिलो…