काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको लोसपाले अब नयाँ बन्ने सरकारलाई समर्थन गर्दै सरकारमा पनि सहभागी हुने निर्णय शीर्ष नेताको बैठकले गरेको पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए । ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई…