काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र १ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । नेपाली कांग्रेस नेता प्रकाशनमान सिंह लगातार तीनपटक जितेको यो क्षेत्रमा यसपटक नतिजा आँकलन गरिहाल्न सक्ने अवस्था छैन । यद्यपि, सिंहलाई विरासत जोगाउन निकै चुनौती देखिएको छ । सत्तारूढ गढबन्धका तर्फबाट उम्मेदवार बन्दै चौथोपटक जित निकाल्ने दाउमा रहेका सिंहलाई नेकपा एमालेका…