धादिङ क्षेत्र नम्बर १ नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीले नेकपा एमालेले संघ र प्रदेशको निर्वाचन विजय हासिल गरिसकेकोले अब घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् ।
धादिङ काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष तथा एमाले उम्मेदवार त्रिपाठीले जनताले एमालेलाई छानेकोले एमालेको जित निश्चित भएको बताएका हुन् ।
टोलटोल र बस्ती बस्तीमा एमाले पुगिसकेको छ । विकासका काम नागरिकको माग बमोजिम गर्दै आएको छ । जनताले एमालेले मात्र राष्ट्र, राष्ट्रियता र विकासका पक्षमा भएकोले एमालेले जित निश्चित भएको बताए ।
यस्तै नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकिर समेत गरे ।
उपाध्यक्ष पौडेलले एमाले एक्लैले निर्वाचनमा बहुमत ल्याउने भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासँग पनि सहकार्य गरेकाले यो सहकार्यलाई निरन्तरता दिने बताए ।




















प्रतिक्रिया