Logo

कर्णाली प्रदेश

जुम्लामा ज्ञानेन्द्र शाहीको सम्भाबना कति ? यस्तो छ अंकगणित



राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले उम्मेद्वारि दिएको जुम्लामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गोमा गौतम कुँवर, एमालेका रतननाथ योगी उमेदवार रहेका छन् ।

विसं २०६४ मा नेकपा माओवादी केन्द्र, २०७० मा नेपाली कांग्रेस र २०७४ माओवादी र एमालेबीच गठबन्धन हुँदा माओवादीले जुम्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको थियो ।

विसं २०७४ मा एक प्रदेशसभा माओवादी र एक एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले(माओवादी र कांग्रेस(राप्रपाले तालमेल गरेका थिए ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले पाँच पालिका प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो ।

माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको छ । एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको छ । एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको छ ।

राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन । एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । वडाध्यक्षको मतभार हेर्दा कांग्रेसको आठ हजार छ सय ५५, माओवादीको छ हजार चार सय ३९, एमालेको दुई हजार एक सय ५७ र एकीकृत समाजावादीको एक हजार पाँच सय ९६ मत छ । राप्रपाको पाँच सय ४० मत रहेको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार  ७ : ४४ बजे