काठमाडौं । राष्ट्रिय सभाद्वारा गठित संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघमा मन्त्रालयको संख्या कटौती गर्न निर्देशन दिएको छ । संघीयता विज्ञसमेत रहेका राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाको संयोजनकत्वमा रहेको समितिले बिहीबार संघीय मन्त्रालयको संख्या १५ वटामा सीमित गर्न सुझावसहितको प्रतिवेदन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको हो । समितिले संघीय तहमा रहेका विभागहरू आधाभन्दा…