काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको उम्मेदवार मानुषी यमी भट्टराई मत माग्दै एमाले नेता अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छन् । मानुषीसँगको भेटमा अष्टलक्ष्मीले अहिले आफूहरूको बाटो अलग-अलग भए पनि देश बनाउनका लागि नमिली सुखै नभएको बताएकी छन् । मानुषीले अष्टलक्ष्मी प्रेरणाको स्रोत र अग्रज नेता भएको भन्दै सुशासन र समृद्धिको बाटोमा अगाडि…