Logo

प्रमुख समाचार

भोट माग्दै अष्टलक्ष्मीको घर पुगिन् मानुषी, भयाे यस्ताे सम्वाद



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको उम्मेदवार मानुषी यमी भट्टराई मत माग्दै एमाले नेता अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छन् ।

मानुषीसँगको भेटमा अष्टलक्ष्मीले अहिले आफूहरूको बाटो अलग-अलग भए पनि देश बनाउनका लागि नमिली सुखै नभएको बताएकी छन् ।

मानुषीले अष्टलक्ष्मी प्रेरणाको स्रोत र अग्रज नेता भएको भन्दै सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्ने बताइन् । उनले संघर्ष गरेर ल्याएको व्यवस्थाप्रति सम्मान गर्दै, त्यसैलाई आधार मानेर सुशासन र समृद्धिको बाटोमा एकढिक्का भएर, एउटै मिसन बनाएर युवापुस्ता जान आतुर भएकाे बताइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १०:११   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।