काठमाडौं। सरकारले अनावश्यक सामग्री खरिद नगर्न र भएसम्म मर्मत गरी काम गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय एवम् निकायसँगै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई परिपत्र गरी निर्देशन दिएको हो। आज जारी गरिएको पत्रमा भनिएको छ, ‘कार्यालय प्रमुख नियुक्ति, पदस्थापन र सरुवासँगै कार्यालयमा प्रयोगमा आइरहेका कुर्सी, दराज,…