Logo

प्रमुख समाचार

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो



काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ ।

गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए ।

उनले बोलेका ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्द सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले संसदीय मर्यादा पालन गर्न पनि सबै सांसदहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार १२:०८   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।